काठमाडौँ: साताको अन्तिम कारोवारको दिनमै पूँजी बजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक बिहिबार एक दशमलब ४८ अंकले बढेर एक हजार १८० दशमलब ८४ अंकमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ३९ अंकले घटेर २५० दशमलब ६५ अंकमा पुगेको छ ।
आज कूल १६३ कम्पनीका १३ लाख ८७ हजार ५९२ कित्ता शेयर ३६ करोड ६३ लाख २४ हजार १६४ मूल्यमा खरीद बिक्री भएका छन् ।
आजको कारोवारमा सबै भन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २२ दशमलब १७ अंकले र जीवन बीमा ५ दशमलब ९६ अंकले बढेका छन् ।
बाणिज्य बैंक एक दशमलब ५८ अंक, व्यापार दुई दशमलब ५३ अंक, बित्त दुई दशमलब ५२ अंक र लघुवित्त ५ दशमलब ७ अंकले बढेका छन् ।
यधपी, विकास बैंक ६ दशमलब ६ अंक, होटल एक दशमलब ७८ अंक र उत्पादन समूहको परिसूचक ५ दशमलब ८२ अंकले घटेका छन् ।
