काठमाडौँ: सरकारले राष्ट्रिय जीवनका भिन्न क्षेत्रमा रहेका संबैधानिक व्यक्तित्वहरुको मर्यादाक्रम निर्धारण गरेको छ ।

नेपालि सेनाका प्रधानसेनापति अर्थात चार तारे जर्नेल पनि भनिने महारथीको मर्यादाक्रम ९ नौं तहमा कायम गरिएको छ। प्रधानसेनापति र काठमाडौँ महानगरपालिकाका मेयरको मर्यादाक्रम बराबर कायम गरिएको छ।

९ नम्बर मर्यादाक्रममा नेपाल सरकारका सहायक मन्त्री, प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका उप-सभामुख, प्रदेश सभाका भिन्न समितिका सभापति, काठमाडौँ महानागरपालिकाका प्रमुख, संबिधानसभाका सदस्य, पूर्व सांसद, नेपाल सरकारका मुख्य सचिव र प्रधानसेनापति हुने छन् भनेर उल्लेख गरिएको छ।

मन्त्रिपरिषद् पुस १९ र २३ गतेको बैठकले यस अघिको खण्ड ६७, संख्या ५५, मिति २०७४/१०/२६ गतेको नेपाल राजपत्रमा प्रकाशित मर्यादाक्रम सम्बन्धि गृह मन्त्रालयको सूचना खारेज गरेको समेत जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version