भक्तपुर: जिल्लाका अधिकांश मासु पसल फोहर र न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालन गरेको पाइएको छ ।

भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार व्यासी र कासानक्षेत्रमा गरेको मासु पसल अनुगमनका क्रममा यस्तो भेटिएको हो । यसअघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशन भक्तपुर फ्रेस हाउस एण्ड अण्डा सेन्टरले पालना नगरेको पाइएपछि उक्त पसलको तराजु नियन्त्रणमा लिएर तीन दिनभित्र पसल दर्ता गर्न निर्देशन दिइएको छ ।

त्यस्तै इतुसा मिट शप, इन्द्रायणी मिट शप, जयकाली मिट शप, कालिका कोल्डस्टोर, सञ्जीव मिट शप, बालाखु गणेश कोल्डस्टोर, एभरेष्ट चिकेन स्टोर, रामेछाप कोल्डस्टोर पसल तीन दिनभित्र दर्ता गर्न, नवीकरण नभएकालाई नवीकरण गर्न, सेतो एप्रोन प्रयोग गर्न, मासु धुलो नलाग्ने गरी जालीले छोपेर राख्न, मूल्यसूची राख्न, भुइँ सफा गर्न मिल्ने गरी प्लाष्टर गर्न वा टायल राख्न, मासु काट्ने औजार खिया नलाग्ने गरी सफा राख्न, ढक तराजु नवीकरण गर्न निर्देशन दिइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

त्यसैगरी उक्त नगरपालिकाले बाराहीस्थान डोकाफल्चादेखि घलातेसम्मका २५ पसलमा अनुगमन गरिएकामा २३ वटा विना दर्ता सञ्चालन भएको पाइएको अनुगमन समितिका सदस्य एवं वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version