काठमाडौँ: फुलचोकी घुम्न पुगेका १६ जना युवा हरारहेको भन्ने सुचनाका आधारमा खोज्दै जाँदा उनीहरुलाई २८ गते प्रहरीले उद्धार गरेको छ।
के हो घटना?
मिति २०७५।०९।२८ गते १७:३० बजेको समयमा जिल्ला ललितपुर गोदावरी न.पा. वडा – ३, फुल्चोकीको जंगलमा घुम्न गएका १६ जना व्यक्तिहरु हराएको भन्ने सुचना महानगरीय प्रहरी कन्ट्रोल मार्फत यस कार्यालयमा प्राप्तहुनासाथ यस महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र बहादुर धानुक, प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरिया तथा महानगरीय प्रहरी वृत सातदोबाटो, महानगरीय प्रहरी प्रभाग बाडेगाउँ समेत बाट गरी ७ वटा छुट्टा छुटै टोली खोजी तथा उद्धारको लागि परिचालित भई खोजि गर्दै जादाँ गोदावरी बसपार्कबाट अ. १० कि.मि. पुर्व फुल्चोकी जंगलको बिच खोँचबाट अ. १८:४० बजेको समयमा अलपत्र परेका निम्न १२ किशोर तथा ४ किशोरीलाई फेला पारी सकुशल उद्धार गरी महानगरीय प्रहरी प्रभाग, बाडेगाउँ ल्याई ऐ. २१:३० बजेको समयमा निजहरुलाई अभिभावकको जिम्मा लगाई पठाईएको ।
बिहान करिव १०:३० बजे घुम्ने क्रममा फुल्चोकी पुगेको ८ / ८ जनाको छुट्टाछुट्टै समुह बाटो बिराई अलपत्र परेको अवस्थामा प्रहरीले उद्दार गरी चिसो र भोकले कामिरहेको निजहरुलाई प्रहरी प्रभाग बाडेगाउँमा ल्याई तातो चिया र बिस्कुट खुवाईएको थियो।
उद्धार गरिएकाहरु
१. जिल्ला धनुषा घर भई हाल बानेश्वर शान्तिनगर काठमाण्डौ बस्ने वर्ष ३४ को व्रिज मोहन साह।
२. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष १७ को सुवास साह ।
३. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष १९ को अभिशेक यादव ।
४. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष १९ को ऋषि कुमार साह।
५. ऐ. जिल्ला घर भई हाल मैतिदेवि काठमाडौं बस्ने वर्ष २० को श्रीराम साह ।
६. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष २० को करणसाह।
७. ऐ. जिल्ला घर भई हाल पुरानो वानेश्वर बस्ने वर्ष २० को सुवास साह।
८. जिल्ला स्याङजा घर भई हाल कोटेश्वर काठमाडौं बस्ने वर्ष २२ की सपना गुरुङ ।
९. जिल्ला तनहु घर भई हाल बालाजु बस्ने बर्ष २० की श्रृजना भट्टराई ।
१०. जिल्ला काठमाडौं बानेश्रर घर हुने वर्ष २२ को अविनभ सिंह ठकुरी ।
११. जिल्ला सिन्धुपाल्चोक घर भई हाल कोटेश्वर वस्ने वर्ष २५ को रोशन राना ।
१२. जिल्ला दोलखा घर भई हाल कोटेश्वर बस्ने वर्ष २२ को रमेश पौडेल ।
१३. जिल्ला मोरङ घर भई हाल कोटेश्वर बस्ने वर्ष २२ को संजोग घिमिरे ।
१४. जिल्ला काठमाडौं बुढानिलकण्ठ बस्ने वर्ष २० की अप्सरा खत्री ।
१५. जिल्ला नुवाकोट घर भई हाल काठमाडौं कपन बस्ने वर्ष २२ की श्रेया थपलिया ।
१६. जिल्ला धनुषा घर भई हाल पुरानो बानेश्वर बस्ने वर्ष १९ को सन्तोष कुमार साह।
