काठमाडौँ: साताको पहिलो कारोवारको दिनमै पूँजी बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आइतबार ५ दशमलब ७८ अंकले घटेर एक हजार १७५ दशमलब ०५ अंकमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ अंकले घटेर २४९ दशमलब ४२ अंकमा झरेको छ ।

आज कूल १५८ कम्पनीका ११ लाख ६३ हजार ७८१ कित्ता शेयर ३७ करोड २९ लाख १५ हजार ७०६ मूल्यमा खरीद बिक्री भएका छन् ।

आजको कारोवारमा उत्पादन र अन्य बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

बाणिज्य बैंक ६ दशमलब ३२ अंक, होटल १२ दशमलब ८७ अंक, विकास बैंक ४ दशमलब ५ अंक र जलबिधुत ५ दशमलब २५ अंकले घटेका छन् ।

त्यसैगरी, निर्जीवन बीमा समूहको परिसूचक ७१ दशमलब २७ अंकले, जीवन बीमा ११ दशमलब १८ अंकले घटेका छन् ।

यधपी, उत्पादन समूहको परिसूचक शुन्य दशमलब ६९ अंक र अन्य २ दशमलब ८७ अंकले बढेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version