काठमाडौँ: जनता बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई आठ दशमलब पाँच प्रतिशत नगद लाभांश दिने भएको छ ।

जनता बैंक नेपालको आज भएको नवौँ वार्षिक साधारणसभाले आठ दशमलब पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताब पारित गरेको हो ।

आव २०७४÷७५ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ६८ करोड ६५ हजार ८०३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको बैंकले जनाएको छ ।

बैंकले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा शेयर कारोवारका लागि सहायक कम्पनी खोल्ने प्रस्ताव पारित गरेको छ ।

वार्षिक साधारणसभाले उपयुक्त बैंक र वित्तीय संस्था एकआपसमा गाभ्न÷गाभिने अख्तियारी सञ्चालक समितिलाई दिएको छ । बैंकले ६८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ६३ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

बैंकले हाल १२९ शाखा, ५० शाखारहित बंैकिङ केन्द्र, ७९ एटिएम सञ्चालनमा गरिरहेको छ । बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमासिको नाफा ३२ करोड रुपैयाँ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version