इलाम: गत पुस २५ देखि इलाममा आवरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ ।

शरीरमा एकदमै बढी समस्या देखिएपछि आज बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष (आइसियु) मा राख्न चिकित्सकले सुझाव दिएका छन् ।

उहाँको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको सङ्क्रमण देखा परेको र मुटुको चालमा समेत समस्या देखिएको भन्दै चिकित्सकले तत्काल आइसियुमा भर्ना गर्न अनुरोध गरेका छन् ।

आज साँझ पत्रकार सम्मेलन गर्दैै डा केसीको स्वास्थ्य जाँचमा खटिएका चिकित्सक डा विजेन्द्रकुमार साहले डा केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण देखिएको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएकोले सामान्य अवस्थामा राख्न नमिल्ने बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version