नेपालगंज: भारतका केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले नेपालगञ्ज नाकामा निर्माणाधीन सुक्खा बन्दर्गाहाको लागि एकिकृत जांच चौकी (आइसीपी) को शिलान्यास गरेका छन् ।

चौकी निर्माणपाछी नेपाल-भारत सीमामा सुरक्षा सहजता हुने उनले दावी गरे । यसका लागि भारतले दुई सय करोड भारु खर्च गर्दैछ ।
करिव डेढ दशकदेखि नेपालगंजमा सुक्खा बन्दरगाहाका रुपमा आइसीपी निर्माण पहाल थालिएको थियो । तर सोमबारमात्रै भारतीय अधिकारीले औपचारिक रुपमा यसको शिलान्यास गरेका हुन् ।भारतीय गृहमन्त्री सिंहले छिमेकी मुलुकसंग सौहार्दपूर्ण व्यवहार गरिरहेको दावी गरे।

उनले साथि हरु बदलिन सक्ने तर छिमेकी कहिल्यै बदलिन नसक्ने बताए। नेपाल सरकारले बन्दरगाहा सुरक्षा लक्षित गरी सशस्त्र प्रहरी बस्ने घर निर्माण गरिसकेको छ। तर सशस्त्र प्रहरीको गण भने बनेको छैन। सुक्खा बन्दरगाहाका लागि नेपालका तर्फबाट नेपालगंजको जयसपुर क्षेत्रमा ९० बिघा जग्गा अधिकरण गरी तरबार गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version