काठमाडौँ: नेपाली चेलीलाई ललाई फकाई भारतको बेश्यालयमा लागि मानव तस्करी गर्ने आरोप लागेका सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ।

भारतको नयाँ दिल्लीस्थित जी.वी रोडको बेश्यालयमा पुर्याई जबर्जस्ति बेश्यावृतिमा संलग्न गराउने गरेको पीडितहरुको जाहेरी अनुसार राईलाई प्रहरीले सोमबार धरानबाट पक्राउ गरेको हो, केन्द्रिय अनुसन्धान ब्युरोका प्रबक्ता तथा प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले बताए ।

राइ मानव बेचविखन तथा ओसारपसार दुवै कार्यमा संलग्न भएको प्रहरीको अभियोग छ । उनलाई प्रहरीले धरानको धरान न.पा.१७ स्थित धनकुटे रोडबाट पक्राउ गरी आबश्यक कारबाहीको लागि ई.प्र.का.धरान सुनसरीमा बुझाईएको छ, चतुर्वेदीले भने । उनी पनि धरानकै धरान-१७ कै स्थायी वासिन्दा हुन् ।

निज अभियुक्तले बिभिन्न बहानामा नेपालको बोर्डर पास गरि भारतीय बेश्यालयमा पुर्याई नेपाली ६ लाख रुपैंयासम्म बेच्ने गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ प्रहरीले भन्यो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version