काठमाडौँ: आर्थिक वर्ष २०७५ /७६ को पहिलो छ महिनामा १७ दशमलब ६८ प्रतिशत पूँजीगत बजेट खर्च भएको छ । समीक्षा अवधिमा कूल पूँजीगत बजेट बिनियोजन तीन खर्ब १३ अर्ब ९९ करोड मध्ये ५५ अर्ब ५२ करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५ /७६ को पहिलो छ महिनामा २८ दशमलब ५७ प्रतिशत बजेट खर्च भएको छ । समीक्षा अवधिमा कूल बजेट बिनियोजन १३ खर्ब १५ अर्ब मध्ये ३ खर्ब ७५ अर्ब खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

समीक्षा आवधिमा चालू खर्च विनियोजनको ३५ दशमलब ०८ प्रतिशत र बित्तिय ब्यबस्थान तर्फ़ १५ दशमलब २४ प्रतिशत खर्च भएको छ ।

समीक्षा अवधिमा चालू खर्च बिनियोजन ८ खर्ब ४५ अर्ब मध्ये दुई खर्ब ९६ अर्ब खर्च भएको छ भने बित्तिय ब्यबस्थान तर्फ़ १ खर्ब ५५ अर्ब मध्ये हालसम्म २३ अर्ब ७२ करोड खर्च भएको छ ।

त्यसैगरी, सरकारले लक्ष्य अनुरुप राजस्व संकलन गएको छ । समीक्षा आवधिमा सरकारले वार्षिक लक्ष्यको ५४ दशमलब ९९ प्रतिशत राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो छ महिनामा ५ खर्ब २० अर्ब राजस्व संकलन भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version