काठमाडौँ: शेयर बजारको वृद्धिमा पुन: ब्रेक लागेको छ । सोमबार र मंगलबार बढेको नेप्से परिसूचक आज बुधबार पुन: ७ दशमलब ५७ अंकले घटेको छ ।
सोमबार नेप्से ११ दशमलब ७४ अंकले र मंगलबार १७ दशमलब ५१ अंकले बढेको थियो भने आइतबार ५ दशमलब ७८ अंकले घटेको थियो ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०५ अंकले घटेर २५१ दशमलब ५० अंकमा पुगेको छ ।
आज कूल १६९ कम्पनीका १७ लाख ४४ हजार १८७ कित्ता शेयर ५३ करोड ६ लाख ५१ हजार ४३५ मूल्यमा खरीद बिक्री भएका छन् ।
आजको कारोवारमा बाणिज्य बैंक ५ दशमलब २ अंक, होटल २ दशमलब ४४ अंक, विकास बैंक १ दशमलब ४१ अंक र बित्त २ दशमलब ३२ अंकले घटेका छन् ।
त्यसैगरी, निर्जीवन बीमा समूहको परिसूचक ११२ दशमलब १८ अंकले र जीवन बीमा ७३ दशमलब ०४ अंकले घटेका छन् ।
यधपी, जलबिधुत समूहको परिसूचक २२ दशमलब ८३ अंकले, व्यापार एक दशमलब ८६ अंकले र उत्पादन २ दशमलब ८९ अंकले बढेका छन् ।
