काठमाडौ: नेपाल खाद्य संस्थाले प्राविधिक तथा प्रशासनतर्फ बरिष्ठ अधिकृतदेखि सहायक पदसम्मको लागि ४७ जना कर्मचारी माग गरेको छ।

संस्थानले ७औं तहको वरिष्ठ अधिकृतमा एक जना, छैठौं तहको अधिकृत तहको लागि ११ जना, ५औं तहको वरिष्ठ सहायकमा ९ जना, ५औं तहको मिल अप्रेटर एक जना, चौथो तहको मिल अप्रेटर एक जना र चौथो तहको सहायकमा २३ जना कर्मचारी माग गरेको हो।

बरिष्ठ अधिकृतको लागि स्नातकोत्तर गरेको हुनु पर्नेछ। अधिकृतको लागि स्नातक, वरिष्ठ सहायकको लागि प्रविणता प्रमाणपत्र तह, सहायकको लागि एसएलसी उत्तीर्ण गरेको हुनु पर्नेछ।

५औं तहको मिल अप्रेटरको लागि मेकानिकल इन्जिनियरिङमा प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनु पर्नेछ भने ४औं तहको मिल अप्रेटरको लागि एसएलसी उत्तिर्ण गरि ६ महिनाको मेकानिकल सम्बन्धि तालिम लिइ ६ महिनाको कार्यनुभव हुनु पर्नेछ।

आवदेकले माघ २४ गतेसम्म आवेदन दिन पाउने संस्थानले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version