जाजरकोटः गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको सूची माग्यो। स्थानीय प्रशासनले एक साता लगाएर विवरण तयार गर्‍यो र पठायो। त्यसपछि सात महिना बित्यो। अहिलेसम्म न काम अगाडि बढ्यो, न ठेकेदारलाई कुनै कारबाही भयो। जाजरकोटमा काम नगर्ने १४ जना ठेकेदारको नाम नामेसीसहितको विवरण असारमै गृह मन्त्रालय पठाइएको थियो।

जीएम कन्स्ट्रक्सन काठमाडौं, डाँफे विशाल जेभी सुर्खेत, फ्रेन्ड्स कन्स्ट्रक्सन प्रालि काठमाडौं, मालिका निर्माण सेवा एन्ड सप्लायर्स र लोहनी एन्ड ब्रदर्स बाँकेले सम्झौता अवधि सकिएको लामो समयसम्म पनि काम अलपत्र छोडेका छन्। त्यस्तै, रौताहा कन्सट्रक्सन कम्पनी उदयपुर, लुम्बिनी आशिष जेभी भरतपुर, सर्वाेद्वार फ्रेन्ड्स जेभी, मृत सञ्जीवनी गल्वा जेभी गल्वा, मैनाचुली सुरुची जेभी, सवक मजदुर कन्सट्रक्सन सुर्खेतलगायत १४ कम्पनीको नाम गृह पठाइएको थियो।

६ वर्षअघि बनिसक्नुपर्ने जाजरकोट अस्पतालमको प्रसूति भवन अझै बनेको छैन। निर्माण कम्पनीले काम अलपत्र छोडेको छ। फ्रेन्ड्स कन्ट्रक्सन प्रालि काठमाडौंका पुष्पराज बजगाईंले २०६८ चैत्र २६ मा ठेक्का लिई २०७० जेठ २५ मा काम सक्ने सम्झौता गरेका थिए। उनले २०७४ चैत्र ३० सम्मको म्याद थपे। तर अझै पनि काम भने गरेनन्।

भवन नबन्दा प्रसूति गराउन समस्या भएको मेडिकल अधिकृत डा. अमिन शाहले बताए। ‘पुरानो जीर्ण भवनमा आवश्यक उपकरण राख्न र शल्यक्रिया लगायतका कक्षका लागि समस्या परिरहेको छ। काम गर्न अप्ठेरो छ,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version