काठमाडौँ: साताको पहिलो कारोवारको दिनमै पूँजी बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आइतबार ८ दशमलब ६० अंकले घटेर एक हजार १७९ दशमलब १७ अंकमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६३ अंकले घटेर २४९ दशमलब ३८ अंकमा झरेको छ ।

आज कूल १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर ३६ करोड ४५ लाख ३८ हजार ७३६ मूल्यमा खरीद बिक्री भएका छन् ।

आजको कारोवारमा बाणिज्य बैंक ५ दशमलब ०६ अंक, विकास बैंक ११ दशमलब १७ अंक र जलबिधुत ३५ दशमलब ५९ अंकले घटेका छन् ।

त्यसैगरी, निर्जीवन बीमा समूहको परिसूचक ३७ दशमलब ६७ अंकले, जीवन बीमा ३७ दशमलब ३४ अंकले र लघुवित्त १० दशमलब ५९ अंकले घटेका छन् ।

यधपी, व्यापार समूहको परिसूचक २ दशमलब ८७ अंक, होटल ५ दशमलब ५४ अंक र बित्त एक दशमलब ६१ अंकले बढेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version