काठमाडौँ : संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष पदका लागि नाम सिफारिश गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा प्यूठानका शान्तराज सुवेदी र मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजयकुमार दत्तको नाम सिफारिश गरेको हो ।

त्यसैगरी, परिषद्ले थारू आयोगको अध्यक्षमा बर्दियाका विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा काठमाडौँका समिम अन्सारीको नाम सिफारिश गरेको बैठकपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

नेपालको संविधानअनुसार संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक आयोगका अध्यक्षको पद तथा गोपनीयताको शपथ गरिने व्यवस्था छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version