काठमाडौँ: काठमाडौँ उपत्यकाकै सबैभन्दा आग्लो डांडा फुलचोकीमा मंगलबार रातिको हल्का वर्षा अहिले बुधाबार बिहानदेखिको वर्षाले गर्दा त्यहाँ हिउँ परेको छ।

बाँडेगाउँ प्रहरी प्रभागका अनुसार फुलचोकी डांडामा भर्खर हिउँ पर्न शुरु भएको र अहिले थोरै मात्रामा हिंउँ परेपनी पानी पर्न रोकिने र हुस्सु लागिरहेमा ठुलै हिउँ पर्नेछ।

अहिले फुलचोकी डांडामा करिव ४ इन्चजति हिंउँ जमेको प्रभागका प्रहरी निरीक्षक श्याम कुमार कटवालले पहिलोक्लिकलाई जानकारी दिए।

हिउँ खेल्न हौसिएर आउने सबै युवा युवतीहरुलाई प्रहरीले भने कडाइ गर्ने भएको छ। फुलचोकीमा लगातार मान्छे हराउने क्रम बढेपछि प्रहरीले सुरक्षाका लागि अहिले जंगल प्रवेश गर्ने र बाहिरने सबैको लागत राख्ने गरेको उनले बताए।

हिउँ खेल्दा होस् या मनोरन्जन प्रयोजनका लागि आउँदा समूह बनाएर मात्रै हिंडडुल गर्न र एक्लै एक्लै बनभित्र नघुम्न र फुलचोकी जाने र फर्कने पद मार्गमा राखिएका संकेत चिन्हलाई मात्रै पछ्याएर आउजाउ गर्न प्रहरीले सुझाएको छ।

विगत डेढ महिनाको अवधिमा फुल्चोकिमा मात्रै २३ जना युवायुवती विभिन्न समयमा जंगलभित्र बाटो बिराएर हराएको घटन दर्ता भएको र सबैको उद्धार समेत गरिएको निरीक्षक कटवालले बताए। तीन दिन अघिमात्रै प्रहरीले तीन जना युवायुवतीको उद्धार गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version