हेटौँडा: नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन् ।

पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान पनि थालिने उनले बताए । आज नेकपा मकवानपुरद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका पोखरेलले उक्त धारणा राखेका हुन् ।

उनले कानूनी तथा संरचनागतरुपमा सरकार अप्ठ्यारो परिस्थितिबाट गुज्रनुपरेको बताउँदै कानून अभावमा कर सङ्कलनलगायत थुप्रै गाँठा फुकाउन समस्या परेको प्रसंग उल्लेख गरे। नेता पोखरेलले सामाजिक सुरक्षाभत्ताका सम्बन्धमा सरकारले पार्टीको घोषणापत्रअनुसार नै अघि बढ्ने धारणा राखे । “वृद्धभत्ता पाँच हजार पुग्छ”, उनले भने।

देश निर्माणको मिसनमा लागेको कार्यकर्ताले आफूलाई होइन विधिलाई केन्द्रमा राख्नुपर्ने उनको धारणा थियो । नेकपा नेता तथा प्रदेश सभासदस्य मुनु सिग्देलले हेटाँैडालाई नै स्थायी राजधानी तोक्न पहल गरिदिन अनुरोध गरेपछि नेता पोखरेलले राजधानीको विषय प्रदेशसभाको अधिकार भएको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version