काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १७ दशमलब ९६ अंकले घटेर १ हजार २०६ दशमलब ३६ अंकमा पुगेको छ । आइतबार नेप्से ० दशमलब ०२ अंकले घटेको थियो ।
आजको कारोबारमा बाणिज्य बैंक, होटल, विकास बैंक, जलबिधुत, बिमा, वित्त, बिमा, अन्य तथा लघुवित्त समूहमा भारी अंकले गिरावट आएको छ । उत्पादन तथा व्यापार समूहमा भने सामान्य सुधार आएको छ ।
बाणिज्य बैंक समूहको परिसूचक १६ दशमलब ४२ अंकले, होटल २२ दशमलब ३२ अंकले, विकास बैंक 1८ दशमलब ०६ अंकले, जलबिधुत २२ दशमलब १ अंकले, बिमा १३० दशमलब ४२ अंकले, वित्त ४ दशमलब ५१ अंकले, अन्य ५ दशमलब २६ अंकले र लघुवित्त समूह २१ दशमलब ८९ अंकले गिरावट आएको छ ।
ब्यापार समूहको परिसूचक शुन्य दशमलब २५ अंकले र उत्पादन मूलक समूहमा ७ दशमलब ४३ अंकको वृद्धि भएको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४ हजार २४४ कारोबारबाट ४१ करोड ४ लाख रुपैयाँ बराबरका १० लाख ९७ हजर ०६७ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलब ८० अंकले घटेर २५३ दशमलब ९३ अंकमा पुगेको छ ।
कन्काई विकास बैंक तथा एनआई प्रगति फन्डले धरै कमाए भने शाईन रेसुंगा विकास बैंक र शिभिल लघुवित्त बित्तिय संस्थाले गुमाए।
आज सबैभन्दा बढी कारोबार एभरेस्ट इन्स्योरेन्स कम्पनीको १४ करोड ८० लाख रुपैयाँ भएको छ ।
