काठमाडौँ: तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन् । बुधबार उनलाई धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको छ ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

अभियुक्तलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई हटाइएको हो । २० पुसमा धादिङ प्रहरीले चार केजी सुनसहित तीन व्यक्तिलाई पक्राउ गरिएको भन्दै पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।

पछि राजस्व अनुसन्धान विभागले परीक्षण गर्दा उक्त धातु ढलोट भएको र तामा भएको खुलेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version