महोत्तरी: विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् ।

वर्षांैदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० जना मजदूरले सामूहिकरुपमा उद्योग प्रशासनको गेट अगाडि अनिश्चितकालीन आमरण अनशनमा बसेका हुन् ।

बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी अखिल नेपाल औद्योगिक मजदूर युनियनका उपाध्यक्ष नीरबहादुर अधिकारीको नेतृत्वमा फेकन साह, दशरथ महतो, जीवनहरि उपाध्याय, ओपिन्द्र पासवान, रामसेवक महतो, केदार सुस्लिङ, लीलाधर महतो, रामहरि दुलालले अनिश्चितकालीन आमरण अनशन बसेका हुन् ।

गत साउन महीनादेखि नेपाल सरकारले वृद्धि गरिएको प्रति मजदूर रु तीन हजार ७५० उद्योग प्रशासनले नदिएको भन्दै सो को माग गर्दै विभिन्न चरणका शान्तिपूर्ण आन्दोलन सम्पन्न गरिसकेका मजदूरले इण्डष्ट्रिजको मूलगेट अगाडि आमरण अनशनमा बसेका हुन् ।

अहिले उखु क्रसिङ मौसम भएकाले उद्योगको कामकाज प्रभावित नहुने गरी शान्तिपूर्णरुपमा उद्योगको मूलगेट अगाडि अनशन शुरु गरेको मजदूर नेता पर्शुराम खनालले बताएका छन् ।

खाइपाइ आएको तलबभत्ता कुनै पनि हालतमा कटौती गरिनु नहुनेतर्फ सचेत गराउँदै विभिन्न समयमा उद्योग प्रशासनसँग वार्ता सम्पन्न गरिएको अर्का मजदूर नेता मुरारी दुलालले जानकारी दिएका छन् ।

आमरण अनशनमा बसेका मजदूरलाई प्रदेशसभा सदस्य भरतप्रसाद साहले फूलमाला र अबीर लगाएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version