काठमाडौं: अनशनरत डा. गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले निकालेको र्‍यालीमा प्रहरीले धरपकड गरेको छ ।

प्रहरी धरपकडका क्रममा केही चिकित्सकको एप्रोनसमेत च्यातिएको छ भने प्रहरीले १७ चिकित्सकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डे, डा.विशाल अग्रवाल, डा. अमित शर्मा, डा. हेमन्त बास्तोला, डा. बद्री अर्याल, डा. राजन लामिछाने, डा. विश्वराज तिमिल्सिना, डा. सिद्धार्थ भण्डारी, डा. उपमा श्रेष्ठ, डा. कविता मानन्धर, डा. अमिर श्रेष्ठ, डा. आकाश शेर्पाली,डा. आनन्द सिंह, डा. पदम जोशी, डा. समिर चापागाई, ढा. अपूर्व आचार्य लगायतका विद्यार्थीहरु रहेको डा. केसीका सहयोगी प्रितम सुवेदीले बताएका छन् ।

उनीहरुलाई अहिले महेन्द्र पुलिस क्लब लागिएको छ । त्रिवि शिक्षण अस्पताल परिसर बाहिर शान्तीपूर्ण प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरुलाई दमन गरेको सुवेदीले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version