पोखरा: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरिनु संसदीय मूल्य मान्यता विपरित भएको आरोप लगाएका छन् ।

काङ्ग्रेसका अग्रज नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको स्मृतिमा आज यहाँ आयोजित श्रद्धाञ्जलि सभामा उहाँले संसद्मा वार्ताका माध्यमबाट सहमति खोजिने प्रचलनलाई लत्याउँदै विधेयक पारित गरिएको आरोप लगाए ।

लोकतान्त्रिक मूल्य मान्यतालाई काङ्ग्रेसले सधैँ आत्मसात गर्दै आएको बताउँदै सभापति देउवाले यसको खिलापमा हुने जुनसुकै गतिविधि पार्टीलाई सह्य नहुने उल्लेख गरे । नेपालको प्रजातान्त्रिक आन्दोलनमा रेग्मीको योगदान अतुलनीय भएको बताउँदै उनले रेग्मीले जीवनपर्यन्त विना स्वार्थ पार्टीलाई सहयोग गरेको स्मरण गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, नेता शुक्रराज शर्मा, नेपाल महिला सङ्घ कास्कीका सभापति कोपिला रानाभाट, राजेन्द्रनिधि कोइराला, टङ्कमान नापित, रामकृष्ण पराजुलीलगायतले स्व रेग्मीले प्रजातन्त्र प्राप्तिको संघर्षमा गर्नुभएको योगदानबारे चर्चा गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version