बझाङ : चिनिया व्यापारीले किलोमै पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन। बझाङमा संकलन भएको यार्सा किनेर उनीहरू काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्ने गर्छन्।

बझाङमा प्रतिकिलो १५ लाखदेखि १६ लाख परेको यार्सालाई चिनियाँ व्यापारीहरूले १२ लाखमा मात्रै किन्ने भनेपछि नेपाली व्यापारीले बिक्री नगरेका हुन्। सुर्मा गाँउपालिका दौलीचौरका यार्सा व्यापारी उमेश बोहराले काठमाडौं पुर्‍याएको १५ किलो यार्सा मूल्य घटेकाले बिक्री हुन नसकेको बताए।

‘मैले जिल्लामै प्रतिकिलो १७ देखि २० लाखका दरले खरिद गरेर काठमाडौं लगेको हुँ तर अहिले चिनियाँ व्यापारीहरूले १२ लाखमा मात्रै किन्ने भनेपछि चिन्ता लागेको छ,’ उनले भने। उनको झण्डै तीन करोडको यार्सा काठमाडौंमै थन्किएको छ।

बझाङका यार्सा व्यापारी महिमान तामाङ, पुलचुङ तामाङलगायतका दर्जनौं व्यापारीहरू काठमाडौंमा यार्साको भाउ नमिलेपछि यस वर्ष नराम्ररी घाटा हुने भन्दै निराश छन्। यार्सा बहुमूल्य भएकाले उनीहरूले संकलनका बेला पनि हेलिकप्टर चार्टर गरेर संकलन गर्छन् भने हेलिकप्टरमै काठमाडौं पुर्‍याँउछन्। बोहराले यसपालि बझाङबाट संकलन भएको साढे तीन क्वीन्टल यार्सागुम्बा काठमाडौंमा बिक्री नभएर थन्किएको बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version