काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, महोत्तरीका नायब सुब्बा ढकबहादुर कार्कीलाई रु दश हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

जग्गा नामसारी गर्न सार्वजनिक मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको महोत्तरी कार्यालयबाट खटिएको टोलीले रकमसहित पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार नायब सुब्बा कार्कीलाई गौशाला नगरपालिका–१ रामनगरबाट शनिबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version