काठमाडौँ: काठमाडौँ उपत्यकामा मानव स्वास्थका लागि अतिनै हानिकारक मानिएको पार्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा राजधानीका वायुमण्डलमा उच्च रहेको पाइएको छ।

विगत एक हप्तामा राजधानीमा जडित वायु गुणस्तर अनुगमन प्रणालीमा देखिएको मापनले यस्तो देखाएको हो, वातारण विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल केमिस्ट शंकर प्रसाद भण्डारीले बताए।

राजधानीको रत्नपार्कमा जडान गरिएको देशकै पहिलो वायु गुणस्तर अनुगमन प्रणालीबाट प्राप्त एक हप्ताको परिणाम अनुसार पीएम २.५ को मात्रा राजधानीका हावामा उच्च भेटिएको हो, पौडेलले भने। पीएम २.५ को मात्राको आधारभूत अथवा औसत मापन भन्दा बढी पाइएको हो।

पीएम २.५ को औसत मापन अंक ४० माइक्रोग्राम पर कुबिक मिटर हो तर विगत एकहप्ताको मापन हेर्दा फेब्रुअरी १ र २ मा तारिखका दिन ८० र ७१ माइक्रोग्राम पर कुबिक मिटर पाइएको छ भने जनवरी ३१ मा ७९ माइक्रोग्राम पर कुबिक मिटर पाइएको थियो।

यस्तै अर्को वायु प्रदुषण मापन गर्ने पीएम १० को मात्रा भने रत्नपार्क केन्द्रमा यसै साता औसत बिन्दुभन्दा केहि न्युन देखिएको पौडेलले बताए। एक दिन जनवरी २९ बाहेक अरु सबै दिन पीएम १० को मात्र न्युन पाइएको हो। जनवरी २३ देखि फेब्रुअरी २ सम्मको तथ्यांक हेर्दा २३, ७६, ४३, ९६, ९८, १०७, १२३, र १११ पाइएको छ। पीएम १० को औसत मात्रा १२० माइक्रोग्राम पर कुबिक मिटर हो।

पीएम १० भन्नाले वायुको सतहमा वा हावामा उड्ने र केही आँखाले समेत देख्न सकिने ससाना धुलोका कंड जस्तै बालुवाका कंड, माटोका कंड र बाक्लो ठुलो उद्द्नु हो जसले मानव स्वाथ्यमा घांटीसम्म असर गर्दछ भने पीएम २.५ आँखाले देख्न नसक्ने र प्राय सवारी साधनबाट निस्कने धुँवा र प्रज्वलनशिल पदार्थबाट निसकने धुँवा र औधोगिक क्षेत्रबाट निसकने धुँवा पनि एक हो। यी धुँवाबाट मानव स्वास्थ्यको फोक्सोसम्म सिधै पस्न सक्ने कंड हुन् जुन पीएम १० भन्दा अत्यन्तै खतरनाक हुने गर्दछ, पौडेलले भने।

कपडाकोभन्दा सामान्य मेडिकल मास्क लगाउन सुझाव
डाक्टरहरुको सल्लाह अनुसार यस्ता वायु प्रदुषणबाट जोगिन कपडाको मास्कभन्दा सामान्य मेडिकल मास्क लगाउन राम्रो हुन्छ। तथापी बजारमा पाइने सामान्य मेडिकल मास्कले पीएम १० को मात्र केहि प्रभावकारी हुन्छ। बजार पाइने एन ९५, ९९ जस्ता मास्क लगाएमा भने स्वास्थ्यमा पर्ने सक्ने यावु प्रदुषणको मात्र ९५ प्रतिशतभन्दा बढी रोक्ने गर्दछ। बजारमा नेपालीको क्रय क्षेमता भन्दा महंगा मास्क २८ सय, १६ हजारसम्म पर्ने मास्क पाउन सकिन्छ।

कपडाको मास्कमा बढी र ठुला प्वाल हुने हुँदा त्यसले खासै धुलो धुँवा रोक्ने काम गर्दैन, निदान अस्पतालका पुल्मोनोलोजिस्ट डा. नविन कुमार शाहले जानकारी दिए।

राजधानीमा वायु प्रदुषणको मात्र मापन गर्ने यन्त्र झन्डै १२ स्थानमा राखिएका छन्। देशभर यस्ता यन्त्र १९ वटा पुगिसकेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version