काठमाडौं: नेपाल धितोपत्र बोर्डले बजार हल्ला फिजेजस्तो तत्कालका लागि सेयर कारोबार गर्दा प्यान नम्बर अनिवार्यन नगर्ने जनाएको छ ।

सेयरको दोस्रो बजारमा कारोबार गर्न प्यान नम्बर अनिवार्य गर्नुको हामीले सेयर लगानीकर्तालाई यसको प्रयोगका लागि क्रम प्रोत्साहित गर्दै जाने नीति लिएका छौँ ।

यसअघि धितोपत्र बोर्डले आर्थिक वर्ष २०७४–७५ को नीति तथा कार्यक्रममा दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भनिएको थियो । तर लगानीकर्ताहरुले विरोध जनाएपछि बोर्डले अनिवार्य नगरी क्रमशः प्रोत्साहित गर्दै जाने नीति लिएको हो ।

धितोपत्र बोर्डले सोमबार आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्यान नम्बर लिन प्रोत्साहित गरिने जनाएको हो । नीति तथा कार्यक्रममा भनिएको छ, ‘आव २०७४–७५ को नीति तथा कार्यक्रममा दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नं लाई आव २०७५–७६ देखि अनिवार्य गर्नको लागि आवश्यक नीतिगत व्यवस्था गर्ने भनिएकोमा दोस्रो बजारमा सेयर खरिद बिक्रीका लागि हाललाई स्थायी लेखा नम्बर लिन प्रोत्साहित गरिनेछ ।’

धितोपत्र बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले प्यान नम्बर लिन प्रोत्साहित गरिने बताए । ‘प्यान लिन अनिवार्य गरिने छैन तर प्रोत्साहन गरिनेछ,’ उनले भने ।

यसैगरी, बोर्डले कानुनी व्यवस्थाहरुको परिपालना नगर्ने बजार सहभागीहरुलाई कारवाही प्रक्रिया अगाडि बढाउने, वस्तु विनिमय बजार सञ्चालन तथा वस्तु कारोबार व्यवसायी सम्बन्धी आवश्यक निर्देशिकाहरु तर्जुमा गरी कार्यान्वयन गर्ने नीति ल्याएको छ ।

यस्तै वस्तु विनिमय बजार तथा व्यवसायी सुपरिवेक्षण दिग्दर्शन तर्जुमा गरी लागू गर्ने र धितोपत्र व्यवसायीको नियम परिपालना प्रतिवेदनको ढाँचा विकास गरी कार्यान्वयन गर्ने जस्ता कार्यहरु गरी बजार व्यवस्थामा सुधार गर्ने जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version