काठमाडौँ: अलैंचीको उत्पादन बढेसंगै देशको कुल निर्यातमा यसको हिस्सा बढ्दै गएको छ । चालू आर्थिक वर्षको प्रथम दश महिनामा चार अर्ब २९ करोडको अलैंrचीको निर्यात भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार समीक्षा अवधिमा अलैंचीको निर्यात गतवर्षको सोहि अवधिको तुलनामा २२ दशमलब ७ प्रतिशतको वृद्धि भएको छ । गतवर्षको दश महिनामा तीन अर्ब ३९ करोड बराबरको अलैंची निर्यात भएको थियो भने गत बर्ष ३ अर्ब ८७ करोडको अलैंची निर्यात भएको थियो ।

अलैंचीको उत्पादनमा वृद्धि हुँदा यसको निर्यातमा सुधार भएको अलैंची ब्यावसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए ।

अलैंचीको मूल्य घट्य पनि उत्पादनमा वृद्धि हुँदा कुल निर्यातमा सुधार आएको उनले बताए । उनले भने- ‘यदि मूल्य राम्रो भएको भए यो साल लगभग १० अर्ब बराबरको अलैंची निर्यात हुने थियो” ।

अन्तर्राष्ट्रिय बजारमा अलैंचीको मूल्यमा भारी गिरावट आउँदा निर्यातमा त असर पर्यो पर्यो यसबाट किसानहरु समेत मारमा परेको उनले बताए ।

मूल्यमा गिरावट हुँदा किसान तथा स्थानीय ब्यापारीहरुले अलैंची बिक्री नगरी घरमा राख्न बाध्य भएको भट्टराईले बताए ।
अहिले अलैंचीको मूल्य घटेर प्रतिमन (४० किलो) को ३२ हजार रुपैयाँमा आएको छ जुन एक वर्ष अघि ५० हजार थियो ।

बिगत तिन वर्षदेखि अलैंचीको मुल्य निरन्तर घटिरहेको छ, उनले भने- तिन बर्षमा अलैंचीको मूल्य तीन गुणाले कमि आएको छ ।
तिन वर्ष अघि प्रतिमन अलैंचीको मूल्य एक लाख रुपैयाँ पुगेको थियो ।

नेपालमा प्रत्येक वर्ष अलैंचीको उत्पादन लगभग २५ प्रतिशतले बढीरहेको भट्टराईले बताए । देशको ३० जिल्लामा लगभग १६ हजार
हेक्टर जमिनमा ब्यबसायीक रुपमा अलैंची खेति हुदै आएको छ । अलैंची उत्पादनको लागि ताप्लेजुङ पहिलो स्थानमा छ भने संखुवासभा दोश्रो स्थानमा रहेको छ ।

ब्यापारीहरुलाई भारत बाहेक तेश्रो मुलकमा अलैंची सिधै निर्यात गर्न कठिन भएकोले गर्दा किसानहरुले कम मूल्य पाएको बताउदै तेश्रो मुलकमा सहज रुपमा निर्यात गर्ने बाताबरण बनाई दिन सरकार संग भट्टराईले माग गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version