हुम्ला, २५ माघ (रासस): लगातार हिमपात भएपछि जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पानीको बहाव घटेको छ ।

नाम्खा गाउँपालिका– ६ लिमीबाट कर्णालीमा पानीको बहाव घटेको प्रहरी नायब उपरीक्षक रबिनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “के कति कारणले पानीको बहाव घटेको हो, कुनै जानकारी छैन”, उहाँले भन्नुभयो । उहाँले यसबारे मुचु–६ तुम्कोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरीसँग जानकारी लिने काम भइरहेको बताउनुभयो । “बाक्लो हिमपातका कारण पानीको बहाव घटेको हुनसक्छ”, श्रेष्ठले भन्नुभयो ।

हावाहुरीले छात्रवासको छाना उडायो

जिल्लामा बिहीबार रातिदेखि चलेको हावाहुरीले सिमकोटस्थित सहारा समूहको छात्रवासको छानो उडाएको छ । छात्रवासमा ५७ फरक क्षमता भएका बालबालिका बसोबास गर्दै आएका छन् । हावाहुरीले १२ कोठे भवनको छाना उडाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हिउँ पन्छाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । यस्तै हावाहुरीले मानसरोवर माविको छानोसमेत उडाएको प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो ।
–––

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version