काठमाडौँ: सधैंको वर्षझैं मनाइंदै गरिएको यस वर्षको ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस हेर्न जानेले एक खाले फरक परम्पराको थालनी भएको थाह पाउने छन्।

त्यो के भने सधैंको वर्षहरुमा गरिंदै आएको एउटा कार्य ‘शान्तिको प्रतिक परेवा उडाउने कार्यक्रम’ यसपाली देखि भने प्रधानमन्त्रीको हातबाट नहुने भएको छ।

प्रधानमन्त्री बाहेक मन्चमा उपस्थित हुने संबैधानिक निकायका प्रमुखहरुले प्राय परेवा उडाउने चलन छ ।

यस परम्परालाई तोड्दै गृह मन्त्रालयले तयार पारेको ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिमा त्यस खाले व्यवस्था उल्लेख गरिएको छ। गृह सचिव प्रेम कुमार राइले उक्त प्रस्ताव तयार गर्दै आज बसेको मूल समारोह समितिको बैठकमा पेस गरेका थिए जुन प्रधानमन्त्री र उपस्थित सरोकारवाला निकायले त्यसमा समर्थन जनाउंदै पारित गरे।

“यसपाली हामीले सधैंको कार्यक्रम भन्दा केहि फरक गरेर प्रधानमन्त्रीलाई परेवा उडाउन दिने भन्दा त्यो काम नेपाली सेनाका एक समुहका सैनिक जवानहरुले गर्नेछन,” सचिव राइले कार्यक्रममा भने।

प्रजातन्त्र दिवसको अवसरमा सैनिक मन्च टुँडिखेलमा यस अघि प्रधानमन्त्रीले एक जोडी शान्तिका दूत परेवा उडाउने प्रचलन रहँदै आएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version