काठमाडौँ: प्राइमेक्स सर्भिस सेन्टरले आफ्नो नेपाली क्यानोन क्यामरा प्रयोगकर्ता र ग्राहकहरुका लागि उसले नियमित सेवामा स्तरोन्नति गरेको जनाएको छ।

प्राइमेक्स नेपालमा क्यानोन क्यामेरा प्रयोगकर्ताहरुका लागि मर्मत, नयाँ क्यामरा खरिद र सेर्भिसिङ सेवा लिनेहरुका लागि एक मात्र जापानको आधिकारिक सेवा केन्द्र हो।

राजधानीमा आजोजित एक कार्यक्रममा उसले हाल प्रदान गरिरहेको सेवाभन्दा छिटो छरितो र भरपर्दो सेवा दिन प्रामेक्स अझ प्रभावकारी ढंगले लागि परेको जनाएको हो।

उसले अव प्राइमेक्समा सेर्भिसिङ सेवाका लागि आउने जुनकुनै पनि क्यामराहरु क्यानोन जापान अर्थात ‘क्यानोन इओएस पट्रोल सफ्टवेर ‘ बाट जचाएर मात्रै सेवा दिने जनाएको छ। हाल जापानमा पनि यही सफ्टवेरबाट क्यानोनका क्यामराहरू जचाइञ्छ।
प्रामेक्स एशियामा खोलिएको यस प्रकारको गैर-औधोगिक प्रकृतीको आधिकारिक केन्द्र हो जसले डीएसलआर क्यामराको पूर्ण मर्मत सेवा प्रदान गर्न सक्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version