काठमाडौँ: सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश छानबीनमा तानिएका छन् ।

न्यायपरिषद्ले न्यायाधीशहरु जनक पाण्डे र साधुराम सापकोटालाई सचिवालयमा झिकाएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

यो प्रकरणमा छानबिनमा तानिनेमा विराटनगरका मुख्य न्यायाधीशसहित ८ जना पुगका छन् । मुद्दाको पेसी व्यवस्थापनमा ‘कैफियत’ भेटिएपछि न्यायपरिषद्ले गत माघ ७ मा मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई काठमाडौँ झिकाएको थियो ।

न्यायपरिषद्ले छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version