काठमाडौँ: झन्डै तीन करोड रुपैयाँ ठगी गरेको अभियोगमा अधिवक्ता गोपाल शिवाकोटी पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले शिवाकोटीलाई मंगलबार कीर्तिपुरस्थित घरबाट पक्राउ गरेको हो।

पूर्वमहान्यायाधीवक्ता पवनकुमार ओझा, अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, भरत कार्कीलगायत ६७ जनालाई ठगेको आरोपमा शिवाकोटीलाई पक्राउ गरिएको परिसरले जनाएको छ।

काठमाडौंमा मञ्जुश्री एजुकेशन कन्सल्टेन्सी खोल्ने भन्दै शिवाकोटीले अधिवक्ताहरूबाट दुई करोड ७६ लाख रुपैयाँ उठाएर ठगी गरेको उजुरी परिसरमा परेको थियो। ‘तर, एजुकेशन कन्सल्टेन्सी नखोलिकन रकम पचाउन खोजेको उजुरी परेपछि पक्राउ गरिएको हो,’ परिसर प्रमुख एसएसपी वसन्त लामाले भने।

शिवाकोटीविरूद्ध ठगी मुद्दामा अनुसन्धान थालिएको लामाले बताए।

शिवाकोटीले नै आफन्तलाई जग्गा उपलब्ध गराउने भनी ६४ लाख ५० हजार रुपैयाँ ठगेको उजुरी पनि परिसरमा छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version