काठमाडौँ: कृषि विकास बैंकको चन्द्रागीरी नगरपालीका काकोल्हवी–५ स्थित थानकोट शाखा औपचारीक रुपमा स्रचालनमा आएको छ।
चन्द्रागिरी नगरपालीकाका मेयर घनश्याम गीरी, बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले आज शुक्रबार एक कार्यक्रमका विच उक्त शाखाको औपचारिक उद्घाटन गरेका छन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधाको बारेमा जानकारी गराउनुका साथै बैंक हजुरहरुको जिम्मामा सुम्पिएको छौ यसको लालनपोषण गर्ने जिम्मा स्थानीय जनप्रतिनिधी र आम स्थानीय बासी रहेको हुंदा स्थानीय जनताको सहयोग निरन्तरभएमा बैंकले भविष्यमा बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवाउपलव्ध गराउने जनाए।
चन्द्रागीरी नगरपालीकाका मेयर घनश्या गीरीले विकासको मुख्य साधन सरकारी संस्थाहरु भएको सन्र्दभमा कृषि विकास बैंक पनि एक सरकारी बैंक भएकोले सम्पूर्ण स्थानीय जनताहरुले सानो भन्दा सानो रकम कृषि विकास बैंकमा निक्षेपको रुपमा जम्मा गर्नु पर्ने बताए ।
यसरी जम्मा भएको रकम उद्यमी गर्न चाहने स्थानीय जो कोहि लाई नियमानुसार बैकले वित्तीय सहयोग उपलव्ध गराउने भएकोले सम्पूर्ण उपस्थित स्थानीय जनसमुदायलाई बैंकमा खाता खोल्न आग्रह गर्नुका साथै नगरपालीकाको सम्पूर्ण कारोबार कृषि विकास बैंकबाट नै गर्ने व्यवस्था मिलाउने कार्यमा आफू लागि पर्ने बताए ।
बैंक संचालक समितिका अध्यक्ष तथा उदघाटन कार्यक्रमका प्रमुख अतिथिी श्री क्षेत्र बहादुर सेंजुवालज्यूले बैंकलाई दुख सुखको साथीको रुपमा हेर्न आग्रह समेत गर्नुका साथै बैंकले सुशासन सहितको गणस्तरीय सेवा उपलव्ध गराउने कुरा आम जनसमुदायलाई ढुक्क हुन आग्रह गरे ।
उदघाटन कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय काठमाडौका मुख्य निर्देशक प्रताप सुवेदीले बैंकले अबका दिनमा थानकोट बासीलाई मन छुने गरी उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा, बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा जानकारी दिए ।
उक्त कार्यक्रममा कृषिविकास बैंक लि.काउप–महाप्रबन्धकहरु पूर्ण प्रसाद आचार्या, चुडामणी तिम्सिेना, अरुण कुमार ढुंगाना, विभागीय प्रमुखहरु निर्मल प्रसाद उपाध्याय, मिनराज पोखरेल, सुदिप कुमार दाहाल, बासु अधिकारी , प्रबक्ता हिमलाल पौडेल, शाखा कार्यालयका प्रबन्धकहरु गोकुल पनेरु, उदय नेपालको समेत उपस्थिती रहेको थियो ।
