काठमाडौँ: फ्रान्स अन्तत: जारी विश्वकप फुटबलको २१ औं संस्करणमा २० वर्षपछि कडा प्रतिद्वन्दी बेल्जियमलाई १-० गोल अन्तरले हराउँदै फाइनल पुगेको छ ।

फ्रान्सका लागि समियुएल अमटिटीले गरेको एक मात्र गोल नै निर्णायक हुँदा फ्रान्स विश्वकपको यो तेश्रो पटक फाइनल यात्रा तय गएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल मध्यान्तरपछि अण्टोनियो ग्रिजमेनको कर्नर पासमा उटिटीले बक्सभित्र गरेको सानदार फ्लिक हेडको गर्दै बललाई जाली दिशा देखाइदिए ।

फ्रान्सको भेट अव फाइनलमा १५ जुलाईमा हुने क्रोएशिया र इंग्ल्याण्डबीचको विजेताबीच हुनेछ । रेड देभिल्स बेल्जियमले भने राम्रा राम्रा सटहरु प्रहार गरे पनि उसले फ्रान्सको गोल पोस्टमा कुनै होल बनाउन सकेन ।

हिजोको खेल रुसको सेन्ट पिटर्स्बर्गमा खेलाइएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version