काठमाडौँ: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्रिय समितीको पाँचौ राष्ट्रिय महाधिवेशन पछिको दोस्रो पूर्ण बैठक फागुन ३ र ४ गते धुलिखेलमा सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष नवनिधि पन्तको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय महत्वका १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको महासंघका सचिव शिव सागर शर्माले बताए ।

उक्त बैठकमा महासंघका पूर्व अध्यक्ष धनराज आचार्य र रघुनाथ महर्जन, निबर्तमान अध्यक्ष हरी प्रसाद अर्यालले महासंघको बिगत र वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए ।

महासंघले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत गत माघ २७ गते ” राष्ट्रिय पुस्तक दिवस’को अवसर पारेर पुस्तकालय स्थापना, लेखक तथा श्रस्टा सम्मान, गरिब तथा असहाय विधार्थीहरूलाई पुस्तक स्टेशनरी तथा मसलन्द सामग्रीको वितरण गर्ने ३२ जिल्ला शाखालाई धन्यवाद दिएको सचिव शर्माले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version