काठमाडौँ: साताको दोस्रो कारोवारको दिन पनि पूँजी बजारमा गिरावट जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सोमबार ७ दशमलब २१ अंकले घटेर एक हजार १०२ दशमलब ५१ अंकमा पुगेको छ ।

आइतबार ३ दशमलब ३५ अंकले घटेको थियो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८० अंकले घटेर २३४ दशमलब ३६ अंकमा झरेको छ ।

आज कूल १६० कम्पनीका ८ लाख ६२ हजार ६५१ कित्ता शेयर २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरीद बिक्री भएका छन् ।
नेप्से संगै कारोवार रकममा समेत भारी गिरावट आएको छ ।

आइतबार कूल १७३ कम्पनीका ८ लाख ७६ हजार २०८ कित्ता शेयर २१ करोड ७ लाख ३२ हजार १४७ मूल्यमा खरीद बिक्री भएका थिए ।

बाणिज्य बैंक ८ दशमलब ३ अंक, जलबिधुत १२ दशमलब ५३ अंकले, जीवन बीमा १९ दशमलब ०८ अंकले र निर्जीवन बीमा १२ दशमलब ८८ अंकले घटेका छन् ।

यधपी, उत्पादन मूलक समूहको परिसूचक शुन्य दशमलब २४ अंक र होटल ९ दशमलब ५ अंकले बढेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version