काठमाडौँ: नेपाल एलपी ग्यास उद्योग सङ्घले आफ्ना माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी सरकारलाई पटक÷पटक जानकारी गराउँदा पनि सुनुवाइ नगरेकोले बाध्यतावश आन्दोलनका कार्यक्रम घोषणा गरिएको अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

उनले चर्को ब्याजदर आधिकारिक बिक्रेतालाई व्यवस्थित तथा सुरक्षित गर्नका लागि कानून निर्माण नहँुदा उद्योगका आधिकारिक बिक्रेता र उपभोक्तालाई असर परेको समेत बताए ।

सङ्घले नेपाली ग्यास उद्योगको नेपाली नम्बरका नीजि ग्यास बुलेट सञ्चालन गर्न पाउनुपर्ने, एपी ग्यासको कोटा निर्धारण गर्नुपर्ने, ग्यासको बिक्री मूल्य कटौती गरी एक रुपता कायम गर्नुपर्ने, सिलिण्डर तथा ग्यास दुर्घटनाको बीमा गर्नुपर्ने र एलपी ग्यास विनियमावली २०६५ को समयानुकूल परिमार्जन गर्नुपर्ने माग राख्दै आएको छ ।
यदि आफ्ना माग पूरा नभए संघले फागुन १७ गतेदेखि ग्यासको पीडीओ खरिद नगर्ने घोषणा गरेको छ । फागुन २२ गतेदेखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ गतेदेखि आयात रोक्ने, फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने संघको चेतावनी छ ।

यति गर्दा पनि सरकारले माग सम्बोधन नगरे फागुन ३० गतेदेखि सबै ग्यास डिपोहरु बन्दगरी आन्दोलनमा उत्रने संघका महासचिव चन्दले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version