काठमाडौँ:प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाको आगामी तीन महीनाभित्र लेखा परीक्षण गराउन निर्देशन दिएको छ ।

समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा आज बसेको बैठकले बेरुजु फछ्र्योटमा कार्ययोजना बनाई कार्य सम्पन्न गर्न र समयमै सम्परीक्षण गराई सोको प्रगति मासिकरुपमा समितिमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

समितिले सङ्गठित संस्थाको आर्थिक कारोवार, सार्वजनिक खरीद प्रक्रियामा देखिएका समस्या, विगतमा समितिबाट भएका निर्देशन कार्यान्वयन अवस्था, सार्वजनिक सेवा प्रवाहको स्थितिबारेमा छलफल गर्न आज विभिन्न ३१ संस्थालाई बोलाएको थियो ।

सभापति शाहले संस्थाका प्रतिनिधिलाई आर्थिक कारोवार गर्दा बेरुजु कायम नहुनेतर्फ ध्यान दिन आग्रह गर्दै बेरुजु न्यूनीकरणमा आवश्यक सहयोग गर्ने कर्मचारीको सेवा सुविधा तथा पुरस्कारको व्यवस्था गर्नका लागि आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले आफ्नो संस्थामा बेरुजु नभएको बताउँदै कार्यालयको लेखा प्रणाली र खर्च व्यवस्थापनका बारेमा समितिलाई जानकारी गराएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version