लमही: दाङको बबई गाउँपालिका–६ पञ्चकुलेमा रहेको कुसुम–हापुरे १३२ केभी प्रसारण लाइनको उद्घाटन गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त प्रसारण लाइनको आज उद्घाटन गरेका हुन् । सो अवसरमा उनले दाङमा अब विद्युत्को कम भोल्टेजको समस्या नरहने बताए । “दाङबाट लो भोल्टेज भयो भनेर पटक–पटक गुनासो आउने गथ्र्यो,” उनले भने, “अब भने त्यस्तो समस्या रहँदैन ।”

दाङमा यसअघि लमहीबाट घोराही हुँदै तुलसीपुर ३३ केभीको प्रसारणलाइन मात्रै हुँदा कम भाल्टेजको समस्या रहेकाले अब भने हापुरेको सबस्टेसन सञ्चालन भएपछि दुई सय केभी विद्युत् प्रसारण हुने उनले बताए । सो दुई सय केभी विद्युत्लाई प्रयोगमा ल्याउनसमेत उनले आग्रह गरे ।

“पहिले लो भोल्टेज भनेर धेरै गुनासा आउँथे,” उनले भने, “तर अब भने उत्पादन भएको एक तिहाइ विद्युत् पनि प्रयोगमा आउँदैन कि भन्ने चिन्ता छ ।” उनले दाङमा विभिन्न ठूला उद्योग खुल्ने र थप समृद्धिको मार्गमा लैजाने बताए ।

उनले तीन वर्षभित्र सबै नेपालीलाई विद्युत्को पहुँचमा पु¥याउने लक्ष्य रहेको जानकारी गराए । उनले बाँझो जग्गालाई सिञ्चित गर्न पनि मन्त्रालयले अध्ययन गरिरहेको बताए ।

मन्त्रायलका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रदेश नं ५ का प्रदेशसभा सदस्य इन्द्रजीत थारू, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललगायतले दाङमा विगतजस्तो विद्युत्भार कटौतीको समस्या अन्त्य हुने विश्वास व्यक्त गरे ।

उक्त सबस्टेसन रु ४३ करोड ८६ लाखको लागतमा निर्माण गरिएको हो । विसं २०६६ देखि निर्माण कार्य शुरु गरिएको सबस्टेसनको काम तीन सिफ्टमा पूरा भएको बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version