काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टीका प्रदेशसभा सदस्य उत्तरकुमार वलीको असामयिक निधन भएको छ। दाङ ३ ख बाट निर्वाचित प्रदेशसभा सदस्य ओलीको काठमाडौमा उपचारको क्रममा निधन भएको हो। उनको ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार राति साढे १ बजेतिर निधन भएको बताइएको छ ।
सांसद वली गएको माघ २४ गते दाङको लमही–घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा गम्भीर घाइते भएपछि अस्पताल भर्ना गरिएको थियो।
उनको शव श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने तयारी छ । दाङको दंगिशरण गाउँपालिका वडा नम्बर–६, लेटारका सांसद ओली गएको वर्ष भएको प्रदेश सभा चुनावमा तत्कालीन एमालेको तर्फबाट विजयी भएका थिए।
