काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले गठन गरेको कार्यदल सचिवालयले विघटन गरेको छ ।

शुक्रबार विहान बसेको सचिवालय बैठकले एकीकरणका बाँकी काम सवै सचिवालयलेनै गृहकार्य गरेर प्रस्ताव स्थायी कमिटीमा लग्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘एकीकरणका जति पनि काम वाँकी छन्, ती सबैमा सचिवालयले गृहकार्य गरेर प्रस्ताव तयार गर्छ । त्यो प्रस्ताव स्थायी कमिटीमा पेश गर्नेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘साथै यसअघि बनेको कार्यदललाई धन्यवादसहित विदा गर्ने निर्णय भयो ।’

पौष १३ बनेको कार्यदललाई एकीकरणका बाँकी काम टुङ्ग्याउने गरी प्रस्ताव तयार गर्ने म्यान्डेट थियो ।

यसअघि बिहिबार कार्यदलका सदस्यहरु सहित बसेको बैठकमा कार्यदलले एक हप्ताको समय माग गरेको थियो । तर, प्रधानमन्त्री केपी ओली भने यसमा सकारात्मक थिएनन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version