हेटौँडा: अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले नगद घुस लिएको आरोपमा भीमफेदी कारागारका जेलरलाई गरेको छ ।

क्षेत्रीय कारागार भीमफेदीका जेलर मदन अधिकारी रु ७५ हजार घुस रकमसहित पक्राउ परेको अख्तियार हेटौँडाका उपसचिव देवकुमार राईले जानकारी दिनुभयो ।

राईका अनुसार जेलर अधिकारीले कैदीका चौकीदार डेनियल लामासँग रकम माग गरेको र रकम नदिए अन्यत्र जेलमा सरुवा गरिदिने धम्की दिएकाले चौकीदार लामा रकम दिएर सरुवा रोक्न तयार भएका थिए ।

चौकीदारका आफन्तले अख्तियारलाई खबर गरेपछि अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडाबाट प्रहरी नायब उपरीक्षक केशव भट्टराईसहितको टोली कारागार पुगेको थियो ।

कारागारसँगैको जेलर निवासबाट घुस लिँदालिँदै अधिकारीलाई पक्राउ गरीएको उपसचिव राईले जानकारी दिनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version