काठमाडौँ: ललितपुरस्थित नक्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ ।

नक्खु चोक नजीकको एनसेल टावरमा आज साँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो । बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता सुवेदीले बताउनुभयो । बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासी प्रकाश सोतीले बताउनुभयो ।

कमलपोखरीमा प्रेसर कुकर बम

काठमाडौँको कमलपोखरीमा प्रेसर कुकर बम फेला परेको छ । कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिनुभयो ।

बम निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version