काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटबाट घाइते भएकाको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताउनुभएको छ ।

बम विस्फोटबाट घाइते भएका व्यक्तिको उपचार भइरहेको भँैसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर आज उहाँले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गर्नुभयो । सो अवसरमा गृहमन्त्री थापाले विस्फोटको घटना निकै दुखद् भएको उल्लेख गर्दै घटनामा संलग्न दोषीलाई नियन्त्रणमा लिई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “विस्फोटका घटना देशव्यापी रुपमा घटाइएको छ, दोषीलाई कानूनको कठघरामा ल्याउँछौँ, आपराधिक घटना नियन्त्रणमा सरकारले कठोर कदम उठाउँछ ।” विस्फोटमा परी मृत्यु भएका व्यक्तिप्रति समवेदना प्रकट गर्दै उहाँले मृतकका परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ललितपुरको नख्खुस्थित एनसेलको टावर अगाडि अज्ञात समूहले शुक्रबार साँझ बम विस्फोट गराउँदा तीन घाइते भएका थिए । विस्फोटमा परी प्रतीक्षा खड्का, आयुषा मानन्धर र सिंहप्रसाद गुरुङ घाइते भएका थिए । घाइतेमध्ये गुरुङको उपचारका क्रममा गए राति निधन भएको थियो । विस्फोटका घाइते भेट्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत अस्पताल पुग्नुभएको थियो । सो अवसरमा घाइतेका आफन्तले दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न सरकारसँग आग्रह गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version