काठमाडौँ: अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित समितिले मर्सि, एक्सपर्ट, कंगारु, अल्फाबिटा , काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबिसि लगायत तीनदर्जन कन्सल्टेन्सीको छानविन शुरु गर्ने भएको छ ।

शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयमा समेत दर्ता नभएका केही कन्सल्टेन्सीले विद्यार्थी सिड्नीस्थित अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) कलेजमा विद्यार्थी पठाएपछि अवैध रुपमा संचालन भएका कन्सल्टेन्सीको विषयमा समेत छानविन शुरु गर्ने भएको हो ।

एक जना पनि विद्यार्थी नपाठाएको दाबी गदै विज्ञप्ति जारी गरेको एक्सपोर्ट कन्सल्टेन्सीले आफुले केही विद्यार्थी पठाएको जनाएको छ । आफुलाई स्वतन्त्र व्यक्ती भन्ने एक्सपर्टले विद्यार्थी पठाएको जानकारी गराउने चिरञ्जिवी तिवारीले आफुले वास्तविक पिडित चाडैनै तथ्याङक सार्वजनिक गर्ने बताएका छन् ।

उनले एक्सपोर्टले १५ जना विद्यार्थी मात्र पठाएको दाबी गरेका छन् । उनले सबै भन्दा बढी मर्सि कन्सल्टेन्सीले विद्यार्थी पठाएको दाबी गरेका छन् । आफुले दुई तीन दिनभित्र तथ्याङक दिने बताउदै अष्ट्रेलियाबाट नेपाल समाचारपत्रसंग भने–समस्या परेका विद्यार्थीको विषयमा छलफल गरिरहेका छौ । तर तथ्याङक अनुसार सबैभन्दा बढी विद्यार्थी पठाउने कन्सल्टेन्सी मध्ये एक्सपर्ट अघिल्लो पंतीमा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version