काठमाडौँ: प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा र अर्को समूहबीच झडप हुँदा द्वन्द व्यवस्थापनका लागि पुगेको नेपाल प्रहरीले उल्टै ढुंगामुडा सहनू परेको छ।

पार्टीको विद्यार्थी संगठनका दुई समूह र प्रहरीबीच ढुंगा हानाहान हुँदा स्थिति तनाबग्रस्त बनेको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ। प्रहरी लाठीचार्जबाट दर्जनाैं घाइते भएका छन्।

कांग्रेसले आइतबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बोलाएको थियो। सो समयमा केन्द्रीय कार्यालय पुगेका नेताहरुलाई नेविसंघ नेताहरुले कार्यालय प्रवेश गर्न अवरोध गरेका थिए।

विवाद चर्किंदै जाँदा दुई पक्षबीच झडप भएको हो। सो समयमा केन्द्रीय कार्यालय पुगेका नेताहरुलाई नेविसंघ नेताहरुले कार्यालय प्रवेश गर्न अवरोध गरेका थिए।

नेता कृष्णप्रसाद सिटौला गेट नजिकै पुगेपछि संस्थापन पक्षका विद्यार्थीहरुले हुलहुज्जत गर्न प्रयास गरेका थिए। कुञ्दन काफ्ले अर्को समूहले उनलाई बाटो खुलाउने प्रयास गरेको थियो।

नेपाली कांग्रेसको विधानमा विद्यार्थी नेताका लागि ३२ वर्षे हदबन्दी लगाउनु पर्ने काफ्ले समूहको माग छ। देउवा समूहका नेविसंघ नेताहरु त्यस्तो प्रावधान राख्नु नहुने पक्षमा छन्।

यसअघि काफ्ले समूह हदबन्दीको पक्षमा केन्द्रीय समिति बैठक अवरुद्ध गरेपछि आइतबार संस्थापन पक्षका विद्यार्थीहरु केन्द्रीय कार्यालय पुगेका थिए। विश्वभाषा क्याम्पसका ऋषिकेशजंग शाह नेतृत्वमा झडप तयारीसहित सानेपा पुगेका थिए। आइतबार कांग्रेस केन्द्रीय कार्यालय वरपर बाक्लै प्रहरी परिचालन भएका थिए।

प्रदर्शन गर्न गएका विद्यार्थीलाई सुरक्षाकर्मीले बाटैमा रोकका थिए। पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा सञ्चारकर्मीलाई मात्र प्रवेश दिइएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version