काठमाडौँ: कृषिमा लगानी आकर्षित गर्ने उद्देश्यले दोस्रो पटक फागुन १६ र १७ मा साना किसानका लागि राष्ट्रिय सम्मेलन, २०७५ गरिने भएको छ । यसअघि पहिलो सम्मेलन २०७१ मा भएको थियो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिको आयोजनामा काठमाडौँमा हुने सो सम्मेलनमा देशभरका झण्डै एक हजारभन्दा बढी साना कृषि समूहका प्रतिनिधि सहभागी हुने भएका छन् ।

चार वर्ष पहिले १९ बुँदे घोषणपत्र जारी गर्दै पहिलो सम्मेलन सम्पन्न भएको थियो भने यस वर्ष ‘साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ शुरु हुने भएको छ ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका उपाध्यक्ष खेमबहादुर पाठकले राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीति निर्माता गरी एक हजार २०० व्यक्तिको सहभागिता हुने जानकारी दिए ।

गरीबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षणजस्ता काममा सम्मेलनबाट सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । सम्मेलनमा प्रस्तुत हुने २८ कार्यपत्र छलफल गरी निचोड निकालिने भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version