काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहहरुमा रोजगार संयोजक नियुक्त गरेको छ ।
पहिलो पटक कम्प्युटर प्रणालीबाट परीक्षा लिएर मन्त्रालयले सबै तहका लागि रोजगार संयोजक छनोट गरेको हो । यस अघि मन्त्रालयले ७५३ तहका लागि प्रतितह (अधिकृत र नासुसरह) ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्ट गरेको थियो ।
सर्टलिष्टमा परेकाहरुलाई कम्प्युटर स्कील परीक्षा लिएर परिक्षा लिई मन्त्रालयले आज नतिजा सार्वजनिक गरेको हो ।
हरेका पालिकाका प्रशासकीय अधिकृत मातहतमा रहेर उनीहरुले बेरोजगारहरुको तथ्यांक संकलनका साथै रोजगारीका विषयमा परामर्श दिने मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box
