काठमाडाैं: नेपालमा बिजनेस भिसामा बसेका विदेशी नागरिक धार्मिक र आपराधिक गतिविधिमा संलग्न हुने क्रम बढ्दै गएको छ । बिजनेस गर्न लगानी ल्याउने भन्दै उनीहरूले सजिलै भिसा पाउने गरेका छन् । तर, लगानी भने वार्षिक रूपमा घट्दै गएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा यो वर्षको सोही अवधिमा नेपालमा विदेशी लगानी घटेको छ । लगानी घटे पनि विदेशी लगानीमा स्थापना हुने साना कम्पनीको संख्या भने बढ्दो छ ।

साना कम्पनीका नाममा लगानी बढ्नु शंकास्पद रहेको उद्योग विभागका अधिकारीहरू बताउँछन् । कम्पनी खोलेपछि बिजनेस भिसा पाइने भएकाले व्यापारको नाममा अन्य गतिविधिमा संलग्न हुन विदेशीहरूले साना कम्पनीमा लगानी बढेको उनीहरूको भनाइ छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा १४ अर्ब एक करोड ७३ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब मात्र विदेशी लगानी आएको छ, तर कम्पनीको संख्या भने बढेको छ ।

विभागका निर्देशक प्रसन्न बोहराका अनुसार गत आर्थिक वर्षको यही अवधिमा विदेशी लगानीमा १७८ प्रोजेक्ट आएका थिए, तर यो वर्ष २१३ वटाले अनुमति लिएका छन् । ‘साना लगानीका प्रोजेक्टहरू बढेका छन्,’ उनले भने, ‘कतिपयले व्यापार गर्ने नाममा अन्य कामका लागि पनि यसरी प्रोजेक्ट भित्र्याएका हुन सक्छन् ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version