काठमाडौं: ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन अस्वस्थ भएका छन् । एक्कासी चक्कर लागेर अचेत भएपछि उनलाई सहयोगीहरुले नर्भिक अस्पताल पुराएका थिए ।

नर्भिक अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले उनी बिहीबार साँझ अस्पताल भएको पुष्टि गर्दै पहिलोक्लिकलाई बताए। ‘उहाँ अहिले बेलुका अस्पताल भर्ना हुनुभएको छ । सीसीयूमा राखेर उपचार सुरु गरिएको छ’, उनले भने ।

उनको उपचारमा डा यादव भट्टराईको टोली खटिएको छ ।
यसैबीच मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा, नेकपा नेता जनार्दन शर्मा लगायत अस्पताल पुगेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version